मन्त्रालयको परिचय

Ministry of Industry, Tourism, Forest and Environment
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १, विराटनगर ।

 

 

प्रदेश नं १ नेपालको संविधान २०७२ लागु भए पछि २०७२ अशोज ३ गते राज्य विभाजन गरी बनेका सात प्रदेशहरु मध्ये एक हो । देशलाई संघिय ढाँचामा लगेर पुनरसंरचना गर्ने उद्देश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको पुर्वी भू-भागमा अवस्थित रहेको छ । प्राकृतिक सौन्दर्यता, जैविक विविधता, भौगोलिक विविधता, बहुसंस्कृति, बहुजातजातीले भरिपूर्ण यो प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथा देखि नेपालको सबैभन्दा होचो भाग झापा जिल्लाको केचनाकवल पनि पर्दछ ।

नेपालको संविधान अनुरुप राज्य पुन संरचना भई संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार गरी तिन तहमा विभाजन गरिएको थियो । प्रदेश सरकार संचालनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सहित ७ वटा मन्त्रालयको स्थापना भएको र त्यस मध्येको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. , विराटनगर एक रहेको छ । यस मन्त्रालयको स्थापना २०७४/१०/२९ गते भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, वन, वातावरण, जैविक विविधता संरक्षण, जलवायू परिवर्तन अनुकुलन र विज्ञान प्रविधि लगायतका विषयगत कार्यक्षेत्र यस मन्त्रालय मातहत रहनेगरी कार्य जिम्मेवारी तोकिएको छ ।