दीर्घकालीन सोच
-
प्राकृतिक स्रोतहरुको संरक्षण एवं दीगो व्यवस्थापनबाट स्थानीय र प्रादेशिक समृद्धि हासिल गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्य पुरा गर्न योगदान पुर्याउने।
लक्ष्य (विषयगत)
-
वन, वनस्पति, जडीबुटी, वन्यजन्तु, जैविक विविधता र जलाधारको समुचित संरक्षण, संवद्र्धन, व्यवस्थापन र सदुपयोगद्वारा रोजगारी सिर्जना तथा जीविकोपार्जनमा सुधार गरी पारिस्थितिकीय प्रणालीबीच सन्तुलन कायम गर्ने ।
-
वातावरणमैत्री र जलवायु परिवर्तनसँग अनुकूलित हुने गरी विकास कार्यक्रमहरू सञ्चालन गर्ने ।
उद्देश्य
वन तथा भू संरक्षण
-
दिगो वन व्यवस्थापनद्वारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गर्नु ।
-
जैविक विविधता र स्रोतको संरक्षणलगायत वातावरणीय सेवाबाट प्राप्त हुने लाभ वृद्धि गर्दै न्यायोचित वितरण सुनिश्चित गर्नु ।
-
जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण तथा अनुकूलन र विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्दै जल, जलस्रोत तथा भूमिको संरक्षणबाट भूमिको उत्पादकत्व वृद्धि गर्न जलाधार क्षेत्रको एकीकृत संरक्षण र व्यवस्थापन गर्नु ।
वातावरण तथा जलवायू
-
हरित विकासको अवधारणा अनुरूप मानवीय क्रियाकलाप र विकास प्रक्रियालाई जलवायु परिवर्तन अनुकूलित गराउनु ।
-
बढ्दो सहरीकरणबाट उत्सर्जित प्रदुषण न्यूनीकरण गराउनु ।
-
दिगो विकासको लक्ष्य हासिल गर्न वातावरण संरक्षण गराउनु ।