उद्योग
-
उद्योगहरूलाई आवश्यक पर्ने पूर्वाधार व्यवस्था गर्न नीति निर्माण र कार्यान्वयनमा जोड दिने ।
-
स्थानीय स्रोत एवम् सीपको उपयोग गरी लघु, घरेलु, साना, मझौला तथा ठूला उद्योगको स्थापना र सञ्चालनलाई प्रभावकारी बनाउने ।
-
लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक नीतिगत, संस्थागत, कानुनी तथा प्रक्रियागत सुधार गर्ने ।
-
गुणस्तरयुक्त एवम् प्रतिस्पर्धात्मक औद्योगिक वस्तुको निर्यातलाई बढावा दिने ।
पर्यटन
-
पर्यटन प्रर्वद्धन र पर्यटन विकास गर्न सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रसँग साझेदारी एवम् सहकार्य गर्ने ।
-
ग्रामीण पर्यटन मार्फत यस क्षेत्रका लाभलाई जनस्तरसम्म पुर्याउने।
-
सबै मौसममा पर्यटकीय क्रियाकलापहरू सञ्चालनका लागि आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने ।
-
स्थापित तथा नयाँ पर्यटकीय गन्तव्य स्थलहरूको एकीकृत र समन्वयात्मक रूपमा पूर्वाधार विकास गर्ने र पर्यटन क्षेत्रको विकास र विविधीकरण गर्ने ।
वन तथा भू संरक्षण
-
विद्यमान वन क्षेत्र कायम राखी वनको घनत्व, उत्पादकत्व र उत्पादन वृद्धिको लागि वनको सहभागितामूलक दिगो एवम् वैज्ञानिक व्यवस्थापन गर्ने ।
-
जैविक विविधता र जलाधारको दिगो व्यवस्थापन र उपयोगमा स्थानीय समुदायको पहुँच वृद्धि गर्ने एवम् पर्यापर्यटनका आधार क्षेत्रहरूलाई पुनस्र्थापन तथा पुनर्निर्माण गर्ने ।
-
वन पैदावारमा आत्मनिर्भरता हासिल गर्दै यसमा आधारित उद्यमशीलता र रोजगारी वृद्धि गर्ने ।
-
दिगो वन व्यवस्थापन र संरक्षण मार्फत वातावरणीय सन्तुलन कायम राखी जलवायु परिवर्तन न्यूनीकरणमा टेवा पुर्याउने।
वाणिज्य तथा आपूर्ति
-
निर्यात हुने वस्तु तथा सेवाको उत्पादकत्वमा वृद्धि गर्न उत्पादनशील आयात, मूल्य अभिवृद्धि र मूल्य श्रृङ्खला व्यवस्थापनमा जोड दिँदै निर्यात प्रवद्र्धन गर्ने ।
-
वाणिज्य सम्बद्ध विद्यमान संरचना, पूर्वाधार एवम् आधारहरूको क्षमता अभिवृद्धि तथा सुदृढीकरणमा जोड दिँदै यसको अधिकतम उपयोग गर्ने ।
-
वस्तु तथा सेवाको सहज एवम् मितव्ययी आपूर्तिको लागि सरकारी, निजी, सामुदायिक र सहकारी संस्थाहरूबीच प्रभावकारी समन्वय गर्ने ।
-
दैनिक उपभोग्य वस्तु तथा सेवालाई सुलभ बनाउन नियमित रूपमा बजार अनुगमन गरी कानुनअनुसार बजार नियमन गर्ने ।
-
विपद्को समयमा पनि वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन संस्थागत क्षमता विकास र विस्तार गर्ने तथा भण्डारण क्षमता वृद्धि गर्ने ।
वातावरण तथा जलवायू
-
वातावरण व्यवस्थापनलाई आन्तरिकीकरण गर्दै वातावरण संरक्षण एवम् प्रदूषण नियन्त्रणका लागि संस्थागत क्षमता अभिवृद्धि गरी विकास कार्यक्रमको अभिन्न अङ्गका रूपमा सञ्चालन गर्ने ।
-
जलवायू परिवर्तनको असर कम गर्न जलवायू अनुकुलन तथा न्यूनीकरणका उपायहरु अवलम्बन गर्ने कार्यक्रमहरु संचालनमा ल्याउने,
-
जल तथा मौसमी सेवालाई विश्वसनीय भरपर्दो नियमित, गुणत्मक बनाउन सहयोग गरी जलवायू परिवर्तन तथा प्रकोपले पार्ने असरलाई न्यूनीकरण गर्ने कार्यमा परिचालन गर्ने ।
विज्ञान प्रविधि
-
वैज्ञानिक अनुसन्धान, अन्वेषण र विकासलाई गतिशील बनाउन आवश्यक पर्ने पूर्वाधार र क्षमताको विकास गर्ने ।
-
वैज्ञानिक खोज र अनुसन्धानबाट विकास गरिएका प्रविधिहरूलाई मुलुकको समग्र विकास प्रक्रियामा प्रभावकारी उपयोग गर्न परम्परागत र स्थानीय प्रविधिको संवद्र्धन र संरक्षण गर्ने ।